काठमाडौँ ।नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ बुवा बनेका छन् ।
राष्ट्रिय फुटबल टिमका कप्तान समेत रहेका किरणले शुक्रबार सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गर्दै आफू बुवा बनेको जनाएका हुन् ।
किरणले श्रीमति कञ्चन निरौला र बच्चासँगैको तस्बिर सामाजिक सञ्जालमा राखेका हुन् ।