विश्व

पाकिस्तानलाई स्वच्छ ऊर्जा रूपान्तरणको अवसर लिन विज्ञहरूको सुझाव

इस्लामावाद।पाकिस्तानलाई कार्बनरहित पर्यावरण–मैत्री इन्धनको प्रवृत्तिको बीचमा, स्वच्छ ऊर्जा रूपान्तरण हासिल गर्ने अवसरको उच्च सदुपयोग गर्ने सुझाव विज्ञहरूले शुक्रबार दिएका छन् ।

दिगो विकास नीति संस्थानका कार्यकारी निर्देशक आबिद कयुम सुलेरीले हरित हाइड्रोजन विकास क्षमता हासिल गर्न चीन-पाकिस्तान आर्थिक कोरिडोर (सिपिइसी) ढाँचा अन्तर्गत पाकिस्तानी र चिनियाँ कम्पनीहरूबीच लगानी र संयुक्त उद्यमका अवसरहरू खोज्न विशेषज्ञ, अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई आग्रह गरे ।

राष्ट्रिय ऊर्जा दक्षता तथा संरक्षण समितिका प्रबन्ध निर्देशक सरदार मोहज्जमले बढ्दो जलवायु परिवर्तन, बढ्दो जनसङ्ख्या र ऊर्जाको मागमा ऊर्जाको अपरिहार्य स्रोत भएकाले हाइड्रोजन उत्पादन निर्विकल्प भएको बताए ।

सकारात्मक परिवर्तन हासिल गर्न, नीतिगत पहलहरूलाई हाइड्रोजन उत्पादनको अवधारणासँग मिलाउनु आवश्यक रहेकाले यसका लागि दृष्टि, नीति, कोष र नियमहरूको स्पष्टता चाहिने उनले उल्लेख गरे।

सन् २०२३ मा सुरु गरिएको चीनद्वारा प्रस्तावित ऊर्जा, यातायात र औद्योगिक सहयोगलाई उजागर गर्ने बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गतको प्रमुख परियोजना सिपिइसी, पाकिस्तानको दक्षिणपश्चिम ग्वादर बन्दरगाहलाई उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको काशगरसँग जोड्ने कोरिडोर हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *