खेलकुद

महिला प्रिमियर लिग : रोयल च्यालेन्जर्स बैंगलोरसँग यूपी वारियर्स पराजित

काठमाडौं । महिला प्रिमियर लिग (डब्ल्यूपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले यूपी वारियर्सलाई २ रनले पराजित गरेको छ ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा पहिले ब्याटिङ गरेको आरसीबी महिला टोलीले २० ओभरमा ६ विकेट गुमाएर १५७ रन बनाएको थियो । चुनौतीपूणर् लक्ष्यको जवाफमा यूपी वारियर्स २ रनले पराजित भएको हो । बैंगलोरका लागि शोभना आशा जोयले ५ विकेट लिइन् । उनी डब्ल्यूपीएलमा एक इनिङ्समा ५ विकेट लिने पहिलो भारतीय बलर बनिन् ।

टस हारेर पहिला ब्याटिङमा आएको बैंग्लोरको टोलीको सुरुवात खराब रहेको थियो । ओपनर सोफी डेभिन र कप्तान स्मृति मन्धाना १३ रन बनाएर प्याभिलियन फर्किए भने अनुभवी ब्याट्सम्यान एलिस पेरी पनि ८ रन बनाएर आउट भइन् ।

सेबिनेनी मेघना र ऋचा घोषले चौथो विकेटका लागि ७१ रनको महत्वपूणर् साझेदारी गरेका थिए । मेघनाले ४४ बलमा ७ चौका र १ छक्का सहित ५३ रन बनाइन् । अर्को इनबाट ऋचा घोषले पनि आफ्नो दमदार अर्धशतक पूरा गरिन् । ऋचा घोषले ३७ बलमा १२ चौकाको मद्दतले ६२ रन बनाएर आरसीबीले विपक्षीलाई चुनौती पूणर् १५८ रनको लक्ष्य दिएको थियो । यूपीकी राजेश्वरी गायकवाडले २ विकेट लिइन् ।

जवाफमा यूपी वारियर्सको सुरुवात पनि खराब रह्यो । कप्तान एलिसा हिलीले ५ रन बनाएर आउट भए पनि वृन्दा दिनेशले १८ रन र ताहिला म्याकग्राले २२ रन जोडिन् । आफ्नो टोलीको लागि प्रारम्भिक झटकाबाट मुक्त भएपछि, वृन्दा र ताहिला एकै ओभरमा आशा जोयको शिकार भए। चौथो विकेटका लागि ग्रेस ह्यारिस र श्वेता शेरावतले युपीलाई खेलमा फर्काए ।

उनीहरुले ७७ रनको उत्कृष्ट साझेदारी गरे तर आशाको एक ओभरमा बैंगलोरले फेरि खेललाई आफ्नो पक्षमा फर्काएको थियो । आशा जोयले अन्तिम बलमा पहिले श्वेता त्यसपछि ह्यारिस र किरण नवगिरेलाई आउट गर्दै प्रतियोगितामा ५ विकेट लिएर इतिहास रचिन् । यूपीका लागि पुनम खेमनार र दीप्ती शर्माले उत्कृष्ट प्रयास गरे पनि उनको टोली जितबाट २ रन टाढा रह्यो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *