खेलकुद

नेपालले गुमायो पहिलो विकेट

काठमाडौं। आइसीसी लिग २ अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । ओपनर आसिफ शेख आउट भएका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपाललाई ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाएका थिए । नेपालले ८.३ ओभरमा एक विकेट गुमाएर ४२ रन जोडेको थियाे। तर आसिफ शेख व्यक्तिगत १७ रनमा क्याच आउट भए। राम्रो लयमा देखिएका उनले २७ बलमा १ छक्का र दुई चौका प्रहार गरेका थिए । भिभियान किङमाको बललाई अन साइडमा उठाएर खेल्दा उनी क्याच आउट भएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *