राजनीति

माओवादी बैठकको समय सर्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक तीन बजेका लागि सरेको छ । अहिले बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक आजै दिउँसो ३ बजेसम्मका लागि सारिएको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

आजको बैठकमा रूपान्तरण अभियानको मूल्याँकन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायतका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ । यसअघि शुक्रबार बस्ने भनिएको बैठक पार्टी अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट