बागमती प्रदेश

बागमती प्रदेशसभा सचिवालयमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । बागमती प्रदेशसभा सचिवालयमा आज सर्वदलीय बैठक बस्ने भएको छ । बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आजका लागि बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक आह्वान गरेका छन् ।
आज दिउँसो दुई बजेका लागि सभामुखबाट सर्वदलीय बैठक बोलाइएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए।

उनले सर्वदलीय बैठकमा संसदीय समितिको सभापति चयन, बजेट कार्यान्वयनका विषयमा प्रदेश सरकार र विपक्षी दलबिच भएको सहमति र आगामी प्रदेशसभाको कार्यसूचीको बिषयमा पनि छलफल हुनसक्ने बताए। बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भने फागुन १५ गतेबाट सुरु हुने भएको छ ।

मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १५ गतेको लागी आह्वान गरेका छन्। प्रदेश प्रमुख शर्माले जारी गरेको सूचनामा यहि फागुन १५ गते मंगलबार दिनको ३ बजे प्रदेशसभाको बैठक बस्ने उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट