खेलकुद

५ रन बनाएर गुल्शन झा आउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध आठौँ विकेट गुमाएको छ।५ रन बनाएर गुल्शन झा आउट भएका हुन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ८ दशमलव ३ ओभरमा ओपनर आसिफ शेखलाई गुमाएको थियो।

आसिफ १७ रन बनाउँदै पेभिलियन फर्किए। त्यसपछि ब्याटिङमा आएका अनिल साह पनि व्यक्तिगत ६ रन जोड्दै वियिन किङ्माको बलमा बोल्ड आउट भए। शेख पनि किङ्माकै बलमा क्याचआउट भएका थिए। त्यसपछि ब्याटिमा आएका कुशल मल्ल २ रन बनाउँदै पेभिलियन फर्किए। यस्तै, रोहित पौडेल ३९ बलमा १६ रन बनाएर आउट भएका हुन् भने दिपेन्द्रसिंह ऐरी ११ बलमा १ रन बनाउँदै रन आउट भएका हुन्। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट भएका थिए। नेपालका लागि ९३ बल खेलेका कुशल भुर्तेल सर्वाधिक धेरै ६६ रन बनाए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *