देश

सुनसरीको चतराबाट २७३ केजी गाँजासहित एम्बुलेन्स नियन्त्रणमा

सुनसरी । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ चतराबाट आज सशस्त्र प्रहरीले गाँजासहित को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।

चतराबाट सुर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३.१३० के.जी. गाँजा सुरक्षा बेश चतराले नियन्त्रणमा लिएको हो ।

बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्याल्य महेन्द्रनगर चक्रघट्टीमा बुझाएको शसस्त्र प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *