राजनीति

समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाको सचिवालयको बैठक आज बस्दैछ । बैठक दिउँसो ४ बजे नेकपाको कार्यालय बुद्धनगरमा बस्ने विप्लवका सहयोगी अडिग बोगटीले जानकारी दिए ।

आजको बैठकमा सातै प्रदेशमा गर्न लागिएको बृहत् अन्तरक्रिया कार्यक्रमको कार्यसूची, मिति घोषणा, भित्ते लेखन, ब्यानर प्रचार, मुखपत्र लेखन लगायत विषय टुंगो लाग्ने उनले बताए ।

त्यस्तै बैठकले मोर्चामा सहभागी हुन एमालेसहित वामपन्थी दलहरूलाई आग्रह गर्ने समेत बोगटीले बताए । यसअघि शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले नेकपा(मसाल) लाई मोर्चामा ल्याउने सहमति गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *