कर्णाली प्रदेश

सुर्खेतमा गएराति गोली प्रहार

काठमाडौं । सुर्खेतमा गएराति गोली चलेको छ।
शनिबार राति ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–१, गौरीटोलनजिकै गोली प्रहार भएको थियो । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका सुर्खेत जिल्ला सदस्य विनोद गिरीलाई केन्द्रित गरेर गोली चलाइएको तरुण दलले जनाएको छ । गिरी सवार गाडीलाई लक्ष्य गरी गोली प्रहार गरेको प्रहरीको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक रुपेश खड्का अनुसार घटनामा संलग्न ४ जना पक्राउ परेका छन भने उनीहरुमाथि अनुसन्धान जारी छ । प्रहरीले उनीहरुको परिचय खुलाएको छैन् । गोली लागेर गिरी चढ्ने गाडीमामथि क्षति पुगेको जनाइएको छ। घटनास्थलबाट कटुवा पेस्तोल, गोलीका खोका र मोटरसाइकल बरामद प्रहरीले बरामद गरेको छ ।

उक्त मोटरसाइकलमा सवार एक भारतीय नागरिक र अर्का कैलालीका घर भएका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अन्य दुई जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।प्रहरी उपरीक्षक खड्काले घटनाको विस्तृत विवरण पत्रकार सम्मेलन सम्पूर्ण जानकारी सार्वजनिक गर्ने जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *