देश

बच्चा चोरी प्रकरणमा पक्राउ परेका दुई जना रिहा

काठमाडौं । काठमाडौंको थापाथलीमा रहेको परोपकारी प्रसूति गह तथा स्त्री रोग अस्पतालको कम्पाउन्डमाबाट बच्चा चोरी प्रकरणमा पक्राउ परेका दुई रिहा भएका छन् । फागुण ११ गते परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट २६ दिनकी नाबालिका चोरी भएको थियो । उक्त बच्चा चोरी भएको सोही दिन जिल्ला प्रहरी परिसर काठमाडौंले बूढानीलकण्ठकी २२ वर्षीया सबिना श्रेष्ठकी २६ दिनकी नाबालिका चोरी प्रकरणमा पक्राउ दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बच्चा चोरी प्रकरणमा २८ वर्षीय नरेन्द्र मल्ल र उनकी दिदी शारदा शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई आइतबार प्रहरीले रिहा गरेको छ । उक्त घटनामा उनीहरुले थाहा नभएको प्रहरीलाई बयान दिएपछि आइतबार प्रहरीले रिहा गरेको हो ।

मनकुमारीले आफ्नै योजनामा मात्र बच्चा चोरी गरेको बताएपछि उनीहरु जेलमुक्त भएका हुन् । नेपाली सेनामा कार्यरत मल्ल नाबालिका चोरीमा संलग्न भनिएकी दैलेख नौमुले गाउँपालिका–१ १ घर भई काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी सिंहका श्रीमान् हुन्। शारदा मनकुमारीकी दिदी हुन्। काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका वडा नम्बर ३ स्थायी घर भई हाल कपनमा बस्ने सबिनाकी नाबालिकालाई चोरी अभियोगमा उनीहरु पक्राउ परेका थिए।

जन्डिसको लक्षण देखिएपछि उपचारका लागि ल्याइएकी नाबालिका चोरी प्रकरणमा पक्राउ परेकी मनकुमारी अहिले हिरासतमा छिन् । मनकुमारीलाई सीसीटीभी फुटेजमा देखिएको हुलियाका आधारमा खोज्दै जाँदा प्रहरीले काठमाडौँकै काँडाघारीस्थित डेराबाट शुक्रबारै मध्यराति पक्राउ गरेको थियो।पक्राउ परेका सैनिक दम्पतीको बिहे भएको ३ वर्ष भइसक्दा पनि सन्तान भएको थिएन।

जिल्ला प्रहरी परिसर काठमाडौँले शिशुलाई अभिभावकको जिम्मा लगाइ सकेको छ। शिशुको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार जारी छ ।

.

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *