राजनीति

रविको प्रश्न- संसदलाई किन आरोप-प्रत्यारोपको ठाउँजस्तो बनाइँदैछ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुले आफूमाथि उठेका प्रश्नहरुको संसदमा उभिएर जवाफ दिनुपर्ने बताएका छन् ।

सोमवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले विवादित मन्त्रीहरुले आफूहरुमाथिको आरोप निराधार हुन भने संसदमा आएर जवाफ दिनुपर्ने बताएका हुन् ।

सभामुखले पटक–पटक रुलिङ गरेको भन्दै मन्त्रीहरुलाई संसदमा उभिएर जवाफ दिन के ले रोकेको छ ? भनि प्रश्नसमेत उनले प्रश्न गरे । उनले सार्वभौम संसदलाई लडाई र आरोप–प्रत्यारोपको क्षेत्रजस्तो किन बनाइँदैछ ? भनि प्रश्नसमेत गरे । उनले एनसेल खरिदबिक्री प्रकरणको छानबिन प्रतिवेदनमाथि पनि संसदमा छलफल हुनुपर्ने बताए ।

उनले सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान नगरेको पनि बताए । सरकारले विगतमा मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने झुटो आश्वासन दिएको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *