देश

टेरामस्क प्रणालीमा कुनै अनियमितता नभएको स्वास्थ्यमन्त्रीको दाबी

काठमाडौँ । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले टेरामस्क प्रणालीमा कुनै अनियमितता नभएको बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बस्नेतले निजी दुरसञ्चार सेवा प्रदायकलाई पोस्नका लागि अहिले टेरामस्क प्रणालीको कुरा निकालिएको भन्दै यसमा कुनै अनियमतता नभएको बताएका हुन् ।

उनले उजुरी दर्ता गर्दैमा दोषी नहुने र कसैलाई आरोपित भन्न नमिल्ने बताए । मन्त्री बस्नेतले यसबिषयमा दोषी देखिए पदमा नवस्ने स्पष्ट पारे । एनसेल प्रकरणमा भएको घोटालालाई नियोजित रुपमा जोगाउन खोजिएको उनले बताए ।

मन्त्री बस्नेतले आफुले राष्ट्रका लागि काम गरेको र कुनै गल्ती नगरेको धारणा राखे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *