देश

कालिकोटको सुनथराली विमानस्थलको उद्घाटन

काठमाडौँ । कालिकोटको सुनथराली विमानस्थलको उद्घाटन भएको छ । विमानस्थल निर्माण शुरु भएको ३८ वर्षपछि आज उद्घाटन भएको हो ।

उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती लगायतले विमानस्थलको उद्घाटन गरेका हुन् । आज विमानस्थलमा नेपाल एयरलाइन्स र यति एयरलाइन्सका दुई वटा विमान अवतरण भएका छन् । हिजो मात्रै विमानस्थलमा नेपालगञ्जबाट उडेको तारा एअरको जहाजले परीक्षण उडान गरेको थियो ।

२०४२ सालमा निर्माण शुरु भएको सुनथराली विमानस्थलको काम २०७९ साल माघ ११ गते सकिएको थियो । यसअघि तीन पटकसम्म मिति तोके पनि विमानस्थलको उद्घाटन हुन सकेको थिएन ।

२०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालिकोटले एक लाख रुपैयाँ रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम शुरु भएकोमा ३८ वर्षपछि काम सकिएर उद्घाटन हुँदा स्थानीयवासी खुशी भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *