देश

सुन प्रकरण जाँचबुझ आयोगको म्याद थप गर्न सिफारिस

काठमाडौं । गत साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६१ किलो सुन र त्यसपछि विभिन्न समयमा बरामद भएका सुन प्रकरणको छानबिन गर्न गठित समितिले १५ दिन समय थप्न माग गरेको छ ।

सरकारले १५ असोजमा ३ महिना समय दिएर गठन गरेको आयोगले तोकिएको समयमा काम पूरा नगरेपछि पुनः २ महिना समय थप गरिसकेको छ । थपिएको २ महिनाको समय पनि १५ फागुनमा सकिँदैछ ।

आयोगका अध्यक्ष डिल्लीराज आचार्यले प्रतिवेदन लेखनलाई अन्तिम रूप दिन अझै समय लाग्ने भन्दै १५ दिन म्याद थप गर्न सिफारिस गरिएको जानकारी दिए । ‘यसर्थ यही फागुन मशान्तभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी अवधि थप हुन अनुरोध गरी गृह मन्त्रालयमार्फत नेपाल सरकार (मन्त्रिपरिषद) समक्ष अनुरोध गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *