काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशनको दस्ताबेज समितिको बैठक बोलाएको छ। आज (सोमबार) बसेको सचिवालय बैठकले दस्ताबेज मस्यौदा समितिको बैठक बोलाएको हो।
उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको बाँकी काम पूरा गर्नका लागि मंगलबार र बुधबारका लागि मस्यौदा समितिको बैठक बोलाइएको हो। एकीकृत समाजवादीकाे महाधिवेशन आगामी २०८१ जेठ ३ देखि ७ गतेसम्म हुँदै छ। सोमबारको सचिवालय बैठकमा महत्त्वपूर्ण राजनीतिक विषयहरूमा छलफल भएको उनले बताए।