देश

राष्ट्रिय सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ४ दिन छलफल हुने

काठमाडौँ।राष्ट्रिय सभा पेस भएको आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ माथि चार दिन छलफल हुने भएको छ ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् ।

उक्त प्रस्तावमाथि छलफल गर्न सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार दिनको समय तोकेका हुन् । बैठकमा उनले सो प्रस्तावमाथि यही फागुन १७, २७, २९ र ३० गते छलफल हुने जानकारी गराएका हुन् ।

दलीय आधारमा छलफल गरिने भएकाले छलफलमा भाग लिने आ-आफ्ना वक्ताको नाम बैठक सुरु हुनुभन्दा एक दिन अगाडि नाम टिपाउन उनले भनेका छन् ।

साथै सभाध्यक्ष तिमिल्सिनाले छलफलका क्रममा सांसदहरूले दिएको सुझावको टिपोट गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *