राजनीति

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा जारी

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । मङ्गलवार बिहान ८ बजेदेखि बसिरहेको बैठकमा कार्य विभाजन र आगामी जागरण अभियानबारे छलफल भइरहेको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा र विधान अधिवेशनले लिएका निर्णयअनुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढङ्गले कार्य सम्पादन हुने गरी नेताहरूको कार्य विभाजन गर्ने विषयमा पनि छलफल हुने पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकले नेताहरूको कामको मूल्याङ्कनका आधारमा कार्य विभाजन गर्ने तयारी समेत गरेको सापकोटाले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *