देश

लेखा समितिले समाजकल्याण परिषद्की बोर्ड सदस्य केसीलाई लेखा समितिले किन निकाल्यो बाहिर ?

काठमाडौं । समाजकल्याण परिषद्की बोर्ड सदस्य सुशीला केसी (आस्था) लाई लेखा समितिको बैठकबाट बाहिर निकालिएको छ । उनले मंगलबार संसद्को लेखा समितिमा समाजकल्याण परिषद्मा भइरहेको भ्रष्टाचारलगायत विषयमा जारी छलफलमा संवेदनशिल नभएको भन्दै बैठक स्थलबाट उनलाई बाहिर निकालिएको हो ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बैकमा समाज कल्याण परिषदले देशको हितमा काम गरेको र आफ्ना आफन्तलाई नियुक्ती गरेको भन्दै आरोप लगाएका थिए । उनले राजाको पालामा रानीको काम नभएका कारण समाज कल्याण परिषद् खोलेको बताएका थिए ।

समाज कल्याण परिषदले एनजिओ आईएनजिओको अनुगमन गर्न नसकेको बताउँदै सभापतिसँग अनुमति लिएर बाहिर निस्कने क्रममा समाजकल्याण परिषद्की बोर्ड सदस्य सुशीला केसीले मनलाग्दी ढङगले अभिव्यक्ती दिएपछि जवाफ सुनेर जानुपर्ने बताएपछि दुई जनाबीच विवादको अवस्था सिर्जना भएको थियो । विवादको अवस्था सिर्जना भएपछि सभापति ऋषिकेश पोखरेलले केसीले संसदमा अमर्यादिद गतिविधि गरेको भन्दै बैठकबाट निकाल्न आदेश दिएपछि उनलाई बैठकबाट निकालिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *