काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वगीय बरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको उपचारमा भएको खर्चमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्न संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा मंगलबार बिहान पुगेका प्रधानमन्त्री प्रचण्डले उक्त प्रतिबद्धता जनाएका हुन् ।
‘ प्रधानमन्त्री प्रचण्डले स्वर्गीय आर्चायको उपचारमा भएको खर्च व्यावस्थापन गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताए । आचार्यले गीत–संगीतको क्षेत्रमा पुर्याएको योगदान अजर अमर रहने बताए ।
प्रधानमन्त्री प्रचण्डले उनका गीत–संगीतको क्षेत्रमा जुन योगदान गरेको , त्यो अमर अजर नै रहने बताए । कालजयी नै छन् उन योगदानहरु छन् । त्यसले गीत(संगीत क्षेत्रलाई लामो समयसम्म उत्प्रेरणा दिइरहनेछ, दिशानिर्देश गर्नेछ उनले भने । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भक्तराज आचार्यको निधनसँगै नेपाली गीत–संगीतको एउटा अध्याय समाप्त भएको बताए ।
‘भक्तराज आचार्यसँगै एउटा अध्यायको समाप्त भएको छ । सांगीतिक क्षेत्रमा अग्रपंक्तिमा नाम आउने उनकै थियो । नेपाली संगीतलाई दिएको योगदानप्रति उनलाई पनि धेरै नै सन्तोष थियो । नेपाली संगीतलाई अझै निरन्तरता दिनका लागि मैले मेरा दुई छोरा लगातार यो कर्ममा हुन्छन् भन्ने सोच्नुभएको थियो ।’