खेलकुद

नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

नेपालका लागि प्रिती राईले खेलको ९५औं मिनेटमा निर्णायक गोल गर्दै नेपाललाई फाइनलमा पुर्याएकी हुन् । यसअघि नेपालका लागि सावित्रा भण्डारीले खेलको ७६औ मिनेटमा बराबरी गोल गरेकी थिइन् । सावित्राको यस प्रतियोगितामा यो नवौं गोल हो ।

त्यस्तै लेबनानका लागि नेपालकी पुजा रानाले खेलको ३७औं मिनेटमा आत्मघाती गोल गरेपछि लेबनानले शुरुवाती अग्रता लिएको थियो ।

यसअघि पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनलाई ५-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

अब फाइनल नेपालले जोर्डनको सामना गर्ने छ । फाइनल खेल विहिबार हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट