देश

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन् । बैठक अहिले सिंहदरबारस्थित समितिको हलमा ११ बजे बस्दैछ ।

यसअघि मंगलबार समितिको बैठक बोलाइएको भएपनि अन्तिम समयमा स्थगित भएको थियो । आजको बैठकमा समितिमा उठेका सवाल र निर्देशनहरूका विषयमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट