काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले ओपनर आसिफ शेखलाई गुमाएको छ । उनी आठौँ ओभरको पहिलो बलमा ३४ रन बनाउदै आउट भए ।
दोस्रो विकेटको लागि आसिफ र कप्तान रोहित पौडेलले ६५ रनको साझेदारी गरे । यसअघि कुशल भुर्तेल शुन्य रनमा आउट भएका थिए ।
अहिले क्रिजमा रोहित पौडेल र कुशल मल्ल रहेका छन् ।