मुख्य समाचार

निषेधित क्षेत्र तोड्न राजेन्द्र महतो माइतीघर मण्डलामा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा परित्याग गरेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरेका राजेन्द्र महतोसहित निषेधित क्षेत्र तोड्न भन्दै माइतीघर मण्डला पुगेका छन् ।

सोमबार लोसपा त्यागेका महतो बुधबार अपरान्ह माइतीघर मण्डलामा ब्यानरसहित पुगेका हुन् । महतोसहित पुगेका व्यक्तिहरुले बोकेको ब्यानरमा ‘माइतीघर मण्डलाको निषेधित क्षेत्र तोडौँ’ उल्लेख गरिएको छ ।

नेता राजेन्द्र महतोसहितका प्रदर्शनकारीसँग प्रहरीको घम्साघम्सी परेको छ । दलबलसहित माइतीघरको निषेधित क्षेत्र तोड्न पुगेका उनीहरूलाई सिंहदरबारको मूल गेटअगाडि भद्रकाली मन्दिर परिसरमा प्रहरीले रोकेको हो ।

२०६४ फागुन १६ गते तत्कालीन सरकार र मधेसी मोर्चाबीचको ८ बुँदे सम्झौता कार्यान्वयन गराउन दबाबस्वरूप महतो निषेधित क्षेत्र तोड्न पुगेका थिए । अभियानको उपत्यका विशेष ब्युरोको आव्हानमा कालो ब्यानरसहित अघि बढेको महतो नेतृत्वको टोलीलाई छेक्न सुरक्षाकर्मी व्यापक परिचालन गरिएको थियो ।

र्‍यालीमा निस्कनुअघि महेश्वरी भवन कमलपोखरीमा महतोले कार्यकर्तालाई आफ्नो अभियानको रणनीति र आगामी योजनाबारे प्रशिक्षण गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *