राजनीति

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं। राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार विधायन ब्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवम् अभ्यास सबन्धमा स्थलगत अध्ययन, अनुगमन एवम् अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेस हुनेछ ।

साथै, आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि बिनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता माथि सभामा छलफल हुने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *