विश्व

अस्ट्रेलियामा टिभी प्रस्तोताको गोली हानि हत्या, ग्रामीण इलाकामा शव फेला

सिड्नी । अस्ट्रेलियाली पुलिसले सिड्नी बाहिर एक ग्रामीण इलाकामा एक टिभी प्रस्तोताको शब फेला परेको छ ।

सुरक्षा अधिकारीका अनुसार उनको उडान परिचर प्रेमीकोसमेत सँगसँगै शव फेला पारेको छ । यसरी मृत्यु हुनेमा मनोरञ्जन पत्रकार २६ बर्षीया जेसी बेयर्ड र क्वान्टास फ्लाइट परिचर २९ लुक डेभिस हुन ।

केही समयदेखि हराइरहेका उनीहरूको हप्ता लामो खोजी पछि उनीहरूको शव फेला पारिएको हो र सुरक्षा अधिकारीका अनुसार उनीहरूको सामुहिक हत्या भएको हुन सक्ने गरी अनुसन्धान अघि बढाइएको थियो ।

सोही हत्या आरोपमा बेयर्डसँग सम्बन्ध राखेका २८ वर्षीय प्रहरी हवल्दार समातिएका छन, जसलाई यसअघि दुईवटा हत्याको अभियोग लागेको थियो ।

‘हामी धेरै विश्वस्त छौं कि हामीले ल्यूक र जेसीलाई फेला पारेका छौं,’ न्यू साउथ वेल्सका प्रहरी प्रमुख करेन वेबले भने, ‘दुई पीडितका परिवारले राहत र दुःखका साथ समाचार प्राप्त गरेका छन्, यो जानकारी आरोपीको सहयोगमा आएको हो ।’

प्रहरीका अनुसार जोडीलाई मध्य सिड्नीको एक घरमा गोली हानेर सर्फबोर्ड झोलामा शव लोड गरी शहरबाट करिब दुई घण्टाको दूरीमा ग्रामीण स्थानमा लगेर छाडिएकाे थियो ।

ब्यालिस्टिक परीक्षण पछि उनीहरूलाई, जहाँ अर्थात अपार्टमेन्टमा गोली हानिएको बन्दुकको गोलीको दागको अनुसन्धान गर्दै जाँदा पछि उक्त हतियार प्रहरी चौकी भित्रै भेटिएको थियो ।

प्रहरीले थप अनुसन्धान भइरहेकाे जनाएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट