देश

काठमाडौं नगरप्रहरीप्रति यातायात मजुदर संगठन आक्रोषित,महानगरका एसपीमाथि कारबाहीको माग

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरीले मजदुरमाथि गरेको अनैतिक गतिविधि भत्र्सना गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मजदुरमाथि आक्रमणको नेतृत्व गर्ने महानगर प्रहरीका एसपी मनोज लामिछानेलाई तत्काल कारबाही गर्न माग गरेको छ । बुधबार साँझ काठमाडौं सुन्धारामा स्वरोजगार मजुदरमाथि काठमाडौंँ महानगरप्रहरीले गरेको कुट्पिट गरेका थिए।

संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले विज्ञप्ति जारी गर्दै लामिछानेलाई कारवाहीसहित सम्पूर्ण मजदुरहरूसँग काठमाडौं महानगरपालिकाले माफी माग्नुपर्ने माग राखेका छन् । घाइते श्रमिक तथा सञ्चारकर्मीको उपचारको व्यवस्था गरिनुपर्ने, महानगर प्रहरीले जफत गरेका सामान तत्काल फिर्ता गर्न समेत संगठनले माग गरेको छ ।

महानगरभित्र ‘सस्तो नागरिक बजार’ को व्यवस्था, सन्ध्याकालीन व्यवसाय गर्ने वातावरण, महानगरभित्र ‘श्रम डेस्क’ स्थापना गरी सम्पूर्ण श्रमिकको सूचीकरण गर्दै सामाजिक सुरक्षा कोषमा समावेश गर्न पनि विज्ञप्तिमा ध्यानाकर्षण गराइएको छ । बालेन्द्र साह मेयर भएदेखि नै काठमाडौंमा गरिखाने वर्गमाथि आक्रमण हुन थालेको जिकिर गर्दै राईले बुधबार साँझको घटना अमानवीय र क्रूर भएको उल्लेख गरेका छन् ।

फागुन १६ गते साँझ महानगर प्रहरीले फुटपाथमा व्यापार गरिरहेका श्रमिकलाई जबरजस्ती हटाउन खोज्दा झडप भएको थियो । झडपका क्रममा केही नागरिकहरु घाइते भएका छन् । आक्रमणमा मजदुरहरू नानीमैया बस्नेत, राधिका मैनाली, बद्री देवकोटा र सञ्चारकर्मी पदम पोख्रेललगायतमाथि निर्घात कुटपिट गरिएको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *