देश

शैक्षिक सुधारको लागि वडा कार्यालयले लियो गणितको परीक्षा

नुवाकोट । विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा कमी आएको भन्दै बेलकोटगढी नगरपालिका वडा नं. १३ ले आफ्ना वडामा रहेका दुई विद्यालयका विद्यार्थीहरूको परीक्षा लिएको छ । वडाले शक्ति मा.वि र सुर्यमती मा.वि.का कक्षा ९ र १० का विद्यार्थीहरूको परीक्षा लिएको हो ।

वडाले आफै प्रश्नपत्र तयार गरेर विद्यार्थीहरूको परीक्षा लिएको हो । शैक्षिक गुणस्तर सुधार गर्नका लागि विद्यार्थीहरूको सिकाईको अवस्था बुझ्ने र सोही अनुसार विद्यालयको अवस्था सुधार गर्नका लागि आफूहरूले परीक्षा लिएको वडा अध्यक्ष नवराज पाण्डेले बताउनुभयो ।

यत्तिखेर मुलुकभरका नगरपालिका र ती भित्र रहेको शिक्षा शाखाले अनुगमनका नाउँमा राज्यको अर्बो बजेट सक्ने तर शैक्षिक गुणस्तरका लागि शिनको नभाँचिरहेका बेला बेलकोटगढी नगरपालिका वडा नं. १३मा लिएको परीक्षा सबैले अनुशरण गर्न लायक देखिएको स्थानीहरू बताउँछन् ।

वडा अध्यक्ष पाण्डे र वडा सचिव गोविन्द पन्थीको पहलमा विद्यार्थीहरूको परीक्षा, लिने र नतिजा हेरेर सुधारको पहल गर्ने कार्य सुरुगरेसँगै यत्तिखेर वडा अध्यक्ष पाण्डे र सचिव गोविन्द पन्थीको चौतर्फी तारिफ भइरहेको छ । वडाले आफ्ना वडा भित्र रहेका अन्य विद्यालयका विद्यार्थीहरूको पनि परीक्षा लिने बताएको छ ।

राम्रो नतिजा नआएका विद्यालयमा तत्काल सुधारको पहल गर्ने र राम्रो नतिजा आएका विद्यालयका शिक्षकलाई पुरस्कार गरिने नीति अनुरुप वडा आफैले परीक्षा लिएको वडाले जनाएको छ । हाल लिएको परीक्षामा शक्ति मा.वि.का विद्यार्थीहरू प्रथम, दोस्रो र तेस्रो भए भने सुर्यमतीको नतिजा राम्रो आउन सकेन ।

शक्ति मा.वि.का अन्य विद्यार्थीहरूको नतिजा पनि सन्तोषजनक नदेखिएको वडाले जनाएको छ । एसइईको तयारीमा रहेका लगभग १०० विद्यार्थीहरुबीच गरिएको परीक्षाको केही विद्यार्थीबाहेक अन्य विद्यार्थीहरूको नतिजा सन्तोषजनक ननिक्लेसँगै शिक्षकहरुबीच चुनौती थपिएको छ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *