देश

चितवनबाट हराएका बालक प्रहरीको सम्पर्कमा

काठमाडौं । चितवनको एक विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका १३ वर्षीय बालक निकेश बराल हेटौंडामा फेला परेका छन् । भरतपुर महानगरपालिका–१० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत निकेश बराल दिउँसो साढे १ बजे विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कबिहिन भएका थिए । सम्पर्कबिहिन भएपछि उनको खोजी कार्य जारी थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार निकेशलाई हेटौंडामा भेटिएको हो । निकेश हेटौँडा जानुको कारण भने चितवन प्रहरीले खुलाएको छैन् । अहिले निकेश हेटौंडाकै सामुदायिक प्रहरी कार्यालयमा छन् । निकेश भटिएको सुचना पाएपछि उनका आफन्त प्रहरी कार्यालय पुगेका छन् । पोखरा महानगरपालिका–१३ घर भएका बालक निकेश गत वर्षदेखि चितवनको गीतानगरस्थित ठूलो बुवाको घरमा बसेर ओम शान्ति एकेडेमीमा अध्ययन गरिरहेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *