देश

बसको ठक्करबाट ३५ वर्षीय महिलाको मृत्यु, स्थानीयद्वारा जनकपुर–जलेश्वर सडक अवरुद्ध

काठमाडौं । जनकधाम उपमहानगरपालिका २३ विन्हीमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु र चारजना घाइते भएपछि स्थानीय आक्रोशित बन्दै प्रदर्शनमा उत्रिएका छन् । दुर्घटनाको विरोधमा स्थानीयले जनकपुर–जलेश्वर सडक अवरुद्ध गरेका हुन् । स्थानीयले ड्राइभरको लापरबाहीका कारण अकालमा एक महिलाले ज्यान गुमाएपछि सडकमा टायर बालेर स्थानीय वासिन्दाले प्रहरी प्रशासनविरुद्ध प्रदर्शन जारी राखेका छन् । अहिले सडकमा विजुली पोल तेर्साएपछि सडक अवरुद्ध बनेको हो ।

ठक्कर दिएको बसलाई जलाउन खोज्दा प्रहरीले लाठीचार्ज साथै आश्रुग्याँस प्रहार गरेको थियो । प्रहरीले सडक खुलाउने प्रयासमा प्रहरीले गरिरहे पनि अहिले अवस्था तनाव्रस्त बनेको छ । जनकपुधाम ९ मा रहेको एंजल्स सेकेन्ड्री बोर्डिङ स्कुलको नम्बर नखुलेको बसको ठक्करबाट स्थानीय ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको थियो। बसले किचिएर अन्य ४ महिला घाइते छन् । उनीहरुलाई उपचारका लागि जनकपुरधाम लगिएको छ ।

विवाहका लागि माटो खन्न पोखरीतर्फ गइरहेकी महिलाहरुको समूहलाई तीब्र गतिमा गुडेको बसले ठक्कर दिएको थियो । अहिले घटनालाई नियन्त्रणमा लिनका लागि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *