मुख्य समाचार

सहकारी ठगी प्रकरणमा मुछिए मन्त्रीद्वय अर्याल, बस्नेत र रास्वपा नेता बुर्लाकोटी

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल सहकारी ठगी प्रकरणमा मुछिएका छन् । मन्त्रीद्वयसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी पनि सहकारी ठगी प्रकरणमा मुछिएका छन् । उनीहरु हाम्रो नयाँ कृषि सहकारी संस्थाको रकम हिनामिनामा मुछिएका हुन् ।

उक्त सहकारी संस्थाको अधयक्ष सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राई हुन् । उक्त सहकारीबाट बचतकर्ताको चार करोड रुपैयाँ हिनामिना भएको बताइएको छ । उक्त सहकारीलाई सहकारी विभागले गत माघ १२ गते समस्याग्रत घोषणा गरेको थियो ।

उक्त सहकारी घोटला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले अनुसन्धान गरिरहेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *