देश

सर्वत्र चासोको साथ हेरिएको किन्ताङफेदी बेलिब्रिजको जडान कार्य आजबाट सुरु

काठमाडौं । खनियाबास गाउँपालिका –४ र नेत्रावती डबजोङ गाउँपालिका १ जोड्ने बहुप्रतिक्षित किन्ताङफेदीमा बेलिब्रिज जडानको काम आजदेखी सुरु भएको छ । कुनै प्राविधिक त्रुटि वा समस्या नआएमा अबको एक साता भित्र जडान कार्य सम्पन्न हुने गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले जानकारी दिए । बेलिब्रिज जडान कार्य सम्पन्न भएपछि धादिङ जिल्लाको उतरी भेगका वासिन्दाले पुलको अभावमा वर्षोदेखी भोग्दै आएको समस्या नयाँ वर्षसँगै अन्त्य हुने विश्वास लिएको अध्यक्ष तामाङले बताए । उनले ऐतिहासिक कार्यको थालनी र कार्यान्वयनका लागि आवश्यक साथ–सहयोग, समन्वय एवम् सहजीकरण गर्ने सबैलाई धन्यावा दिएका छन् ।

सो बेलिब्रिज निर्माणको लागि रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५, सिउरेपानीमा रहेको बेलीबृजको पाटपुर्जाहरु पहिलो पटक किन्ताङफेदीमा केही समयअघि मात्रै झार्ने प्रकृया सुरु भएको थियो । उनका अनुसार बेलिब्रिज जडानको कार्य नेपाली सेनाले गर्दै आएको छ । उक्त बेलिब्रिज निर्माण कार्यका लागि अध्यक्ष तामाङलाई पूर्व कानून राज्यमन्त्री एवम् संविधान सभा सदस्य दिलमान पाख्रिन , माननीय सांसद रामनाथ अधिकारी , नेपाली सेनाको प्राविधिक टोली र साझेदार गाउँपालिका नेत्रावती डबजोङ गाउँपालिकाले सहयोग गर्दै आएका छन् । उनका अनुसार बेलिब्रिज निर्माण भएपछि गाँउपालिकाभित्र हिँउद वर्षा, जुन सुकै समयमा सवारी साधनको आवातजावतमा सहजता हुने भएको छ ।

https://www.facebook.com/watch/?mibextid=xfxF2i&rdid=fvys3rgTTGNcJxR6&v=398725699569225

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *