खेलकुद

अपराजित रहदै साउदी लिग जितउन्मुख अल हिलाल

काठमाडौँ । साउदी लिग अन्तर्गत अल हिलालको अपराजित यात्रा कायम रहेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल अखडोउडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

अल हिलालको जितमा सलेह अल्शेह्री, माल्कम र सलेम अल्दावसारीले एक एक गोल गरेका थिए ।

यो यस सिजनको लिगमा अल हिललको २४औं जित हो । २६ खेलमा २४ जित र २ बराबरीसहित अपराजित रहदै अल हिलाल ७४ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

अल हिलाल दोस्रो स्थानमा रहेको अल नासर भन्दा स्पष्ट १२ अंकले अगाडी रहेको छ र अल हिलालले अब अर्को खेल जितेमा यस सिजनको लिग जित्ने निश्चित भएको छ ।

त्यस्तै अल अखडोउडको २६ खेलमा २४ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *