देश

सङ्खुवासभामा छोराले कुटपिट गर्दा बुबाको मृत्यु

विराटनगर ।सङ्खुवासभामा छोराले कुटपिट गर्दा बुबाको मृत्यु भएको छ। सङ्खुवासभाको पाँचपखन नगरपालिका- २ गैरिगाउँ स्थितमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको हो।

सोमबार साँझ साढे ६ बजे ५० वर्षीय युवराज राई र उनकै छोरा २८ वर्षीय सुमन राईबीच सामान्य घरायसी विषयमा विवाद भएको थियो। साेहीक्रममा सुमनले शरीरको बिभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भिर घाइते भएका थिए।

घाइते युवराजलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *