काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताहरूबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीको प्रेसविज्ञ मनहरी तिमल्सिनाले जानकारी दिए । भेटमा राजनीति समसामयिक राजनीति घटनाक्रमका बारेमा छलफल भएको स्रोतले जनाएको छ ।
दुई नेताहरूबीच सत्ता गठबन्धनभित्र रहेका दलहरूले उठाएको विषयदेखि आज बस्ने मन्त्रिपरिषद्को बैठकसम्म छलफल हुने जनाइएको छ । दिउँसो मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रचण्डले ओलीसँग छलफल गरेका हुन् । आज बस्ने मन्त्रिपरिषदको बैठकले हिउँदे अधिवेशन अन्त्यको तयारी थाल्नेछ ।