काठमाडौं । सरकारले नव नियुक्त ८२ शाखा अधिकृतको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ब्याच नम्बर ३७ का ८२जना शाखा अधिकृतलाई विभिन्न निकायमा पदस्थापन गरेको हो ।
सूची अनुसार ३० जना शाखा अधिकृतलाई पहिलो पदस्थापनमा नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । नव नियुक्त ३० शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएसँगै निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका ३० गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।
ती स्थानीय तहहरू अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेका छन् । नव िनयुक्त शाखा अधिकृतहरूलाई मन्त्रालयले विभिन्न मन्त्रालय सहित रिक्त रहेका प्रमुख प्रशासकीय अधिकृतको पदमा खटाउने निर्णय गरेको हो ।