देश

सुप्रिम सहकारीका पीडितहरुको बुटवलमा जुलुस, पीडकलाई सरकारले संरक्षण गरेको आरोप

बुटवल। आफ्नो बचत रकम फिर्ताको माग गर्दै सुप्रिम सहकारीका पीडितहरुले बुटवलमा जुलुस निकालेका छन् । उनीहरुले सहकारी ठगीमा मुछिएका सबैलाई कानुनी दायरामा ल्याउन माग गरेका हुन् ।

पीडितहरुले सहकारी पीडकलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले समेत संस्थाको झण्डै दुई करोड रकम अपचलन गरेको देखिएकाले सबैलाई कानुनी प्रक्रियामा ल्याउन माग गरिएको हो ।

प्रदर्शनकारीहरुले प्रहरीको अनुसन्धान प्रतिवेदन तथा अभियोगपत्रमा गृहमन्त्री रवि लामिछानेले समेत रकम लिएको देखिएको दाबी गरेका छन् । विरोध र्यालीपछि आयोजित कोणसभामा सडकमा आन्दोलनबाट आफ्नो समस्या समाधान नभए सदन घेर्ने चेतावनी दिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *