देश

मन्त्रिपरिषद् बैठक सम्पन्न : यी हुन् निर्णयहरू

काठमाडौं । सरकारले तीन सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिवहरु केदारनाथ शर्मा, बैकुण्ठबहादुर अधिकारी र मुरारीप्रसाद खरेललाई सचिवमा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् ।

सचिवमा बढुवा भएका शर्मा राष्ट्रिय तथ्यांक कार्यालयको सचिव, महालेखापरीक्षकको कार्यालयको उपमहालेखापरीक्षकको रुपमा अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा रुपमा खरेल रहने छन् ।

संवत् २०८१ साल वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
१. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको प्रमुख सचिव पदमा सहसचिव श्री गोविन्द बहादुर कार्कीलाई कायम मुकायम मुकरर गरी प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने ।
२. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने ।
३. नेपाल लेखापरीक्षण सेवाको समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा श्री बैकुण्ठ बहादुर अधिकारीलाई बढुवा गर्ने ।
४. नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा श्री केदारनाथ शर्मालाई बढुवा गर्ने ।
५. राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा मुरारी प्रसाद खरेललाई नियुक्त गर्ने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *