मुख्य समाचार

विभागीय कारबाहीका लागि सशस्त्रका दुई एसपीसहित ७ जनालाई सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको घटनामा ‘सुरक्षा कमजोरी’ देखिएको छानबिन निष्कर्ष छ । सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल नेतृत्वको आन्तरिक समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डे नेतृत्वको समितिले त्यसबारे छानबिन गरेका हुन् ।

छानबिन समितिले दुई जना सशस्त्र प्रहरी उपरीक्षकसहित ७ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । समितिको सिफारिसको आधारमा नम्बर–९ पशुपति बाहिनीमा कार्यरत एसपी अर्जुन खत्री र भण्डार महाशाखाका एसपी राजेन्द्र श्रेष्ठलाई स्पष्टीकरण सोधिएको सशस्त्र प्रहरी बलका एक जना उच्च अधिकृतले जानकारी दिए । दुई एसपीसहित ७ जनामाथि विभागीय कारबाही थालिएको उनले बताए ।

यसअघि एआईजी दाहाल नेतृत्वको समितिले भण्डार महाशाखाका ७ जना सुरक्षाकर्मी र नम्बर–९ बाहिनीका ११ जनालाई छानबिनको दायरामा ल्याएको थियो । १८ जनामध्ये त्रुटि देखिएका ७ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरिएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *