देश

नेपाल ट्रेड युनियन काँग्रेस सम्बद्ध निर्माण श्रमिक सङ्घका केन्द्रिय उपाध्यक्ष सुर्य बहादुर कार्कीलाई मातृशोक 

 काठमाडौं । नेपाली काँग्रेस सुनकोसी गाउँपालिका कार्य समितिका सचिव तथा नेपाल ट्रेड युनियन काँग्रेस सम्बद्ध निर्माण श्रमिक सङ्घका केन्द्रिय उपाध्यक्ष  सुर्य बहादुर कार्कीको माता पवित्रा कार्कीको  गए राति ७७ वर्षको उमेरमा  निधन भएको छ ।

  कार्कीको  उनकै निजी निवास सु्नकोशी गाउँपालिका –३ कालिकामा देहावसान भएको हो  । लामो समयदेखि दमको रोगले  पीडित कार्कीको  काठमाडौँको केएमसी अस्पतलामा उपचार भएको थियो ।  उहाँका   दुई छोरा र एक छोरी रहेका छन् ।  स्वर्गीय कार्की समाजमा मिलनसार एवम सहृदयी स्वभावकी हुनुहुन्थ्यो । कार्कीको निधनले नेपाली काँग्रेस सुनकोशी गाउँपालिका –३ कालिकाले एक असल अविभावक गुमाएको छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *