राजनीति

सरकारले प्राथमिकताको आधारमा बजेट तय गर्नुपर्दछ : मिनेन्द्र रिजाल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको काम गरिरहेका बेला उनले सो सुझाव दिएका हुन् ।

शनिवार काठमाडौंमा आयोजित उद्यमशीलता, उद्यमी र बजेट विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रिजालले सरकारले ल्याउने गरेको बजेट बजेटजस्तो नभएको टिप्पणी पनि गरे ।

पञ्चवर्षीय योजना योजनाजस्तो नभएको उनको भनाई थियो । नेता रिजालले सिमित स्रोत भएकाले नेपालले बजेट बनाउँदा प्राथमिकताको क्षेत्र छुट्टयाउनुपर्ने बताए । सबैथोक बराबरी समेट्ने कुरा बजेटमा हुनै नसक्ने उनको तर्क थियो ।

नेता रिजालले भने, ‘हाम्रो बजेट बजेट जस्तो छैन । हाम्रो पञ्चवर्षीय योजना योजना जस्तो छैन । सबै चिज गर्छु भन्नु योजना होइन । तपाईसँग लिष्ट छैन भने तपाईले जतिसुकै गर्छु भनेपनि अथवा यो पनि गर्छु, यो पनि गर्छु भन्नु द्याट्स नट बजेट । लिमिटेड रिर्सोसेसमा प्राथमिकता छुट्टयाउनु पर्छ–के गर्ने, के नगर्ने ?’

नेता रिजालले प्राथमिकता तयविना विनियोजन गरिएको बजेटले काम गर्न नसक्ने तथ्य पनि औंल्याए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *