राजनीति

कांग्रेसले बोलाएको विपक्षी दलको बैठक सुरू

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक डाकेका छन् । बिहान साढे १० बजेका लागि देउवाले विपक्षी दलको बैठक डाकेका हुन् ।

विपक्षी मोर्चामा कांग्रेससहित, राप्रपा, जसपा नेपाल र लोसपा छन् । जनमत पनि विपक्षी मोर्चामा भएपनि बैठकमा सहभागी भएको छैन् । यसअघि पनि देउवाले विपक्षी दलको बैठक डाकेका थिए ।

सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको छ । कांग्रेसको यो मागमा जसपा नेपाल, राप्रपा, लोसपा लगायतका दलहरुले पनि समर्थन जनाएका छन् ।

सहकारी प्रकरणमा संसदीय समिति बनाउने सहमति भएसँगै आज संसद् बैठकले निरन्तरता पाउने भएको छ । आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक अघि सभामुख देवराज घिमिरेले पनि प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *