काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर चलाएको छ ।
सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो ।
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारमा अतिक्रमण गरी बनाइएको घर तथा पसलहरुमा महानगरपालिकाले डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ ।