काठमाडौँ । प्रतिपक्षी दलहरूले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग सडकमा लैजाने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि बसेको प्रतिपक्षी दलको बैठकले सो निर्णय गरेको हो ।
बैठकले आजको प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले आफ्नो मर्यादा बिर्सिएको निष्कर्ष निकालेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।