बागमती प्रदेश

एमालेले माग्यो बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको राजीनामा

काठमाडौं।बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमालेले मुख्यमन्त्री शालिकराम जम्कट्टेलाई राजीनामा दिन आग्रह गरेको छ।

मंगलबार विज्ञप्ति जारी गर्दै संसदीय दलका नेता जगन्नाथ थपलियाले जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको भन्दै राजीनामा दिन आग्रह गरेका हुन्।

केन्द्रमा नयाँ समीकरण बन्ने भएसँगै बागमतीमा एमालेबाट सामेल ५ मन्त्रीले राजीनामा दिएका छन्।

एमालेले काम चलाउ अवस्थामा पुगेका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारलाई दीर्घकालिन महत्व राख्ने कुनै पनि काम नगर्र्न समेत आग्रह गरेको छ।

‘…बागमती प्रदेश सरकार स्पष्ट अल्पमतमा परिसकेको अवस्थामा माननीय मुख्यमन्त्रीज्यूलाई यथाशीघ्र राजीनामा गर्नुभई सहमतीय सरकार निर्माण गर्ने हाम्रो अभियानलाई साथ दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। साथै कामचलाउ हैसियतमा पुगिसेको वर्तमान सरकारले दुरगामी महत्व राख्ने निर्णयहरु नगर्न समेत अनुरोध गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *