देश

बेचन झालाई थप चार दिन हिरासतमा राख्न काठमाडौंँ जिल्ला दालतको अनुमति

काठमाडां । काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रराज काफ्लेले झालाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले असार १४ मा भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका झासँग बयान लिइसकेको छ । काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने झाले वीरगन्ज उप–महानगरपालिका–७ ठेगाना उल्लेख गरेर नागरिकता बनाएको भेटिएको प्रहरीले जनाएको छ ।

उनको साथमा भारतीय आधार कार्ड समेत फेला परेकाले भारतसँग भारतलाई पत्रचार गरिएको छ । नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा प्रहरीले पक्राउ गरेपनि उनले उक्त प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *