देश

विधायन व्यवस्थापन गर्न बनेको विधेयकको सम्बन्धमा दफावार छलफल सकियो

काठमाडौं । विधायन व्यवस्थापन गर्न बनेको विधेयकको सम्बन्धमा कानून समितिमा दफावार छलफल सकिएको छ ।

सोमवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकबारे जानकारी दिँदै समिति सभापति विमला सुवेदीले बताइन् ।

उनले विधेयकको सम्बन्धमा दफावार छलफल सकिएको र दफावार छलफलका आधारमा समिति सचिवालयले कानून मन्त्रालयसँग समन्वय गरी समितिको मस्यौदा प्रतिवेदन तयार पार्ने जानकारी दिइन् ।

समितिको अब बस्ने बैठकमा मस्यौदा प्रश्तुत गरी छलफल हुने र समितिले पारित गर्ने पनि बताइन् ।

समितिको बैठकमा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधायन व्यवस्थापन गर्न बनेको विधेयकले विधायन सम्बन्धी कानून बनाउने कुरालाई व्यवस्थित गर्ने बताए ।

उनले विधायनले कानून बनाउने कार्यलाई पारदर्शी, सरोकारवालासँग पारदर्शी ढंगले अनुसन्धान र मूल्यांकन गरेर अन्य लोकतान्त्रिक देशहरुमा भएको व्यवस्थाअनुसार व्यवस्थित गर्ने बताए ।

उनले भने–‘संशोधनको प्रक्रिया सर्वसम्मत रुपमा अघि बढेको अवस्था छ । यसले विधायन सम्बन्धी कानून बनाउने कुरालाई प्रवन्धन गर्नेकुरा व्यवस्थित गर्नेछ । यस विधायनले कानून बनाउने कार्यलाई पारदर्शी, सरोकारवालासँग पारदर्शी ढंगले अनुसन्धान र मूल्यांकन गरेर अन्य लोकतान्त्रिक देशहरुमा भएको व्यवस्थाअनुसार व्यवस्थित गर्ने काम गर्दछ ।’

दफावार छलफलका क्रममा सांसदहरुले सशक्त रुपमा छलफल गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *