काठमाडौं । पछिल्ला १० महिनामा झण्डै ११ हजार नेपालीहरू अमेरिका पुगेका छन् ।
अमेरिकी सरकारको स्टेट डिपार्टमेन्टको कन्सुलर विभागका अनुसार सबैभन्दा धेरै विद्यार्थीहरू जुलाई महिनामा पुगेका थिए । उक्त महिनामा १७८८ नेपाली विद्यार्थीहरू अमेरिका पुगेका छन् ।
अरू महिनाहरूमा जनवरी, फेब्रुअरी, मार्च, अप्रिल, मे, जुनमा क्रमशः ११०१ जना, २०१ जना, ३९५ जना, १३९९ जना, १५०८ जना र १७०० जना नेपाली विद्यार्थीहरू अमेरिका पुगेका छन् । सन् २०२३ को अक्टोबर, नोभेम्बर र डिसेम्बरमा क्रमशः ५०८ जना, ७८४ जना र १६०४ जना नेपाली विद्यार्थीहरू अमेरिका पुगेका थिए ।
अमेरिकामा नेपालीहरूले सञ्चालन गरेको समाचार पोर्टल नेपयोर्कका अनुसार अमेरिकामा हुने नेपाली विद्यार्थीहरूले आर्थिक तथा मनोवैज्ञानिक दबाबहरू महसुस गरिरहेका छन् । नेपालीले अमेरिकामा जागिर पाउन सकस भएकोले पढाइ शुल्क तिर्न गाह्रो भएको गुनासो सुनिन थालिइएको छ ।