कोशी प्रदेश

देवानगञ्ज गाउँपालिका वडा न‍.५ : सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणका लागि तीन दिने अल्टिमेटम

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकाको ५ नं वडा कार्यालयले दोस्रो पटक सुचना जारी गरी तीन दिनभित्र चालु आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणका लागि निवेदन दिन अल्टिमेटम दिएको छ ।

नागरिकको हितलाई प्राथमिकतामा राखेर काम गरिरहेको उक्त गाउँपालिकाको उक्त वडाले गत श्रावण चार गते प्रथम पटक सुचना जारी गरि सामाजिक सुरक्षा भता प्राप्त गर्नका लागि भत्ता परिचयपत्र नविकरण गर्न आग्रह गर्दा समेत हालसम्म देवानगञ्ज गाउँपालिकाको ५ नं वडा कार्यालयमा नवीकरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता परिचयपत्र ७५ प्रतिशत आएको र २५ प्रतिशत आउन बाँकी रहेकाले वडाले पुनः आइतबार एक विज्ञप्ती जारी गर्दै आम नागरिकहरुलाई सुचना प्रवाह गर्दै तीनको म्याद दिएर निवेदन बुझाउन आग्रह गरेको देवानगञ्ज गाउँपालिका वडा न. ५ का सचिव खेमराज ढकालले जानकारी दिए ।

सचिव ढकालले आइतबार जारी गरेको विज्ञप्तीमा भनिएको छ,– प्रस्तुत विषयमा चालु आवमा सामाजिक सुरक्षा भता प्राप्त गर्नका लागि नविकरण गर्न प्रथम पटक २०८१/०४/०१ गते सूचना प्रकाशन गरिएको हुँदा हाल सम्म यस वडा भित्रका समाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका नविकरण गर्न बाँकी रहेको लाभग्राहीहरुले आजको मिति देखि ३ दिन भित्र समाजिक सुरक्षा नियमावलीको नियम १ अनुसूचि २ बमोजिम ढांचामा तपशिल बमोजिमका कागजात लिई यस वडा कार्यालयमा निवेदन दिन हुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ साथै तोकिएको म्याद भित्र नविकरण नभएका लाभगाडीको लगत कट्टा समेत गरिनेछ ।’

१ सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वान बालवालिकाको हकमा बाहेक
२ बालबालिकाको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिनिधिका साथै आमा वा बुबाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ थान
३ विधवा महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि १ थान
४ अपाङ्गता भएका व्यक्तिको हकमा प्रचलित कानून बमोजिम जारी भएको अपाङ्गता परिचयपत्रको प्रतिलिपि १ थान
५ समाजिक सुरक्षा भत्ता पाउने व्यक्ति आफै उपस्थित हुन नसकी संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले निवेदन दिएकोमा निजको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि १ थान
६ ६० वर्ष भन्दा मुनिका विधवा महिला लाभ ग्राहीको हकमा अर्को विवाह नभएको र समाजिक सुरक्षा भत्ता कुनै कानूनले अयोग्य नभएको व्यहोरा प्रमाणित भएको हुनु पर्नेछ ।
७ राष्ट्रिय परिचयपत्रको कार्ड अथवा राष्ट्रिय परिचयपत्र आवेदन रुजु फारम र भपाई अनिवार्य ल्याउनु पर्नेछ। (१६ वर्ष मुनि र ९० वर्ष माथि राष्ट्रिय परिचय पत्र अनिवार्य नपर्ने)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *