कोशी प्रदेश

कोसीका संसदीय समितिको सभापतिमा सातजनाको मनोनयन दर्ता

काठमाडौं । कोसी प्रदेशसभाका सात संसदीय समितिको सभापति पदमा सातजनाको मनोनयन दर्ता भएको छ । प्रदेशसभा सचिवालयले समितिका सभापति छान्न शुक्रबार निर्वाचन मिति तोकेको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले शुक्रबार दिउँसो २ बजे निर्वाचित सभापतिहरूको शपथ हुने बताएका छन् ।

नेपाली कांग्रेस र एमालेबिच सहमति भएपछि समितिको सभापतिमा मनोनयन भएको हो । दुवै दलले तीन–तीन र सार्वजनिक लेखा समिति विपक्षी दल माओवादी केन्द्रलाई दिएका छन् । एमाले सांसद कमला दर्नालले न्याय प्रशासन तथा विधायन, होमबहादुर थापाले प्राकृतिक स्रोत तथा पूर्वाधार र रामदेव यादवले उद्योग, पर्यटन तथा वातावरण समितिमा मनोनयन दर्ता गराएका छन् ।

प्रदेशसभा सचिवालयका अनुसार कांग्रेस सांसद गयानन्द मण्डलले सामाजिक विकास, खगेश्वरी पौडेलले सुशासन तथा योजना र विनोद बान्तवा राईले अर्थ समितिको सभापतिमा मनोनयन दर्ता गराएका हुन् । सार्वजनिक लेखा समितिको सभापतिमा माओवादी केन्द्रका राजन किरातीले मनोनयन दर्ता गराएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *